एजेन्सी । मंगलबार राति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । उक्त खेलमा पीएसजी मोन्टपेल्लिर सँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
मोन्टपेल्लिरको मैदानमा खेलको १२ औं मिनेटमा एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट पीएसजीले अग्रता बनाएको थियो । तर, प्रेस्नेल किम्पेम्बेको आत्मघाती गोलबाट मोन्टपेल्लिर पुण खेलमा फर्किएको थियो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा घरेलु टोलीका एन्डी डिलोर्टले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । लगत्तै खेलको ८५ औं मिनेटमा सौलुमाने कामराले बिजई गोल गर्दै मोन्टपेल्लिरलाई ३–२ को जित दिलाए ।
जितसंगै मोन्टपेल्लिर लिगको पाँचौ स्थानमा उक्लिएको छ । मोन्टपेल्लिरले ५४ अंक जोडेको छ । पराजित पीएसजी ८४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया