मध्यपश्चिम क्रिकेट क्लबलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगको सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

अन्तिम चारको यात्रा तय गरेको आर्मीले मंगलबार भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गरेको थियो । कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो । आर्मीका लागि राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए ।

मध्यपश्चिमका अमित तामाङले २ विकेट लिए । आर्मीले दिएको १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६ ओभर ४ बलमा ७१ रनमा अलआउट भयो । उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०–१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका कुशल मल्लले ४ विकेट हात पारे ।

जितसंगै समूह ’ए’ बाट ३ खेलमा २ जित दर्ता गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । यस समूहबाट कर्णालीले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?