रिलिज भएको १९ वर्षपछि ‘ब्ल्याक’ नेटफ्लिक्समा आएपछि के भने अमिताभले ?

लोकपथ
588
Shares

काठमाडौं । नेटफ्लिक्स स्ट्रिम अनलाइनमा अमिताभ बच्चन र रानी मुखर्जीको ‘ब्ल्याक’ १९ वर्षपछि रिलिज भएको छ ।

बलीउडका महानायक अमिताभ बच्चन र रानी मुखर्जी अभिनित फिल्म ‘ब्ल्याक’ आज ओटीटीमा रिलिज भएको हो । यो फिल्म सन् २००५ मा सिनेमाघरमा रिलिज भएको थियो । सञ्जय लीला भन्सालीद्वारा निर्मित ‘ब्ल्याक’ रिलिज भएको १९ वर्षपछि आज ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । बिग बीले ओटीटीमा स्ट्रिम भइरहेको फिल्मको बारेमा जानकारी दिँदै एक पोस्ट सेयर गरेका छन्।

अमिताभ बच्चनले आइतबार सामाजिक सञजाल एक्समार्फत एक पोस्ट सेयर गरेर यो जानकारी दिएका हुन्। नेटफ्लिक्ससँग फिल्मको ट्रेलर सेयर गर्दै उनले लेखेका छन्, ‘ब्ल्याक रिलिज भएको १९ वर्ष भइसक्यो र आज हामी नेटफ्लिक्समा यसको पहिलो डिजिटल रिलिजको उत्सव मनाइरहेका छौँ’

उनले थप लेखेका छन्, ‘देवराज र मिशेलको यात्रा हामी सबैका लागि प्रेरणा बनेको छ । हामी आशा गर्छौं कि यसले तपाईको बल र करुणालाई प्रेरित गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?