हवाई कारबाहीमा चार तालिबानी मारिए

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार  गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताए ।  

सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिए । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?