कर बढेसँगै एनसेलको नाफामा भारी गिरावट

काठमाडौं । एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।

सन् २०१७ मा १८ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनसेलले सन् २०१८ मा १५ अर्ब ३० करोड रुपैयाँको मात्रै नाफा ग-यो । सरकारले गरेको करसम्बन्धि नीतिगत परिवर्तनका कारण उत्तिकै रकमको कारोवार हुँदा समेत ३ अर्ब बराबरले नाफा खुम्चिएको जनाइएको छ ।

हालै सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार ११ प्रतिशतको टेलिकम सेवा शुल्कलाई बढाएर १३ प्रतिशत पु-याइएको थियो । त्यस्तै टेलिकम कम्पनीको २५ प्रतिशतको आयकर सिमालाई बढाएर ३० प्रतिशत पु-याइएको थियो । 

सरकारका यस्ता नीतिगत परिवर्तनका कारण नाफामा मात्र नभएर एनसेलको कारोवारमा समेत झण्डै १ अर्बले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?