काठमाडौं । पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको भर्याङ मुनि रहेको रिजर्व पानीमा डुबेर सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ मृत्यु भएको हो ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पतालं बलम्बुमाउपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया