काठमाडौं । रत्नपार्कस्थित शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् ।
२४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी रावललाई नगरप्रहरीले तत्कालै रोकेका हुन् ।
नगर प्रहरीले आज बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई त्यहाँबाट हटाएको थियो सोही क्रममा प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल रहको बताएकी थिइन् तर, प्रहरीले उनको हातबाट बोतल खोसेका थिए ।
न्यायाधीश गिरीले वैवाहिक बलात्कार गरेको भन्दै कानूनी तथा सडक संघर्षमा रहेकी रावलले श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित अनशन सुरु गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया