काठमाडौं । बलिउड अभिनेता रामचरण र अभिनेत्री सामन्था रुथ प्रभु फेरी एउटै पर्दामा देखिने भएका छन् । यद्यपी यो फिल्मको नाम भने तय भइसकेको छैन । त्यसैले अहिले यसलाई ‘आरसी १६’ भनिएको छ । ‘आरसी १६’को घोषणा भएदेखि नै यसबारेमा निकै चर्चा चलिरहेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यस फिल्ममा रामचरणसँगै सामन्था रुथ प्रभु पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यस फिल्ममा रामचरण बाहेक बलिउड अभिनेता शिव राजकुमार पनि देखिने छन् । त्यसैगरी साई पल्लवी र विजय सेतुपतिले पनि काम गर्ने चर्चा भइरहेको छ । निर्देशक बुची बाबु सानाका अनुसार यो फिल्म कबड्डी खेलमा आधारित रहेको र करिब चार वर्षदेखि यो चलचित्रको स्क्रिप्टमा काम गरिरहेको बताएका छन् ।
सामन्था रुथ प्रभु र रामचरणले २०१८ मा एक्सन फिल्म ‘रंगस्थलम’मा सँगै काम गरेका थिए । रामचरण चर्चित स्टार मध्येका एक हुन् । अहिले उनी एस शंकद्वारा निर्देशित अर्को फिल्म ‘गेम चेन्जर’ मा काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया