एजेन्सी । श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतवारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्द गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्द गरेको प्राप्त समाचारमा जनाइएको हो ।
चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो ।
त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्द गरेको छ । सुरक्षाबलको सल्लाहअनसुार आगामी आइतवार कुनै पनि चर्चमा सामूहिक भेला नहुने चर्चका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् ।
श्रीलङ्कामा गत अप्रिल २१ मा तीन होटल र ती चर्चमा भएको आत्मघाती आक्रमणपछि चर्चले पुनः सर्वसाधारणको लागि आफ्नो सेवा शुरु गर्न लागेको थियो ।
गत अप्रिल २१ मा भएका ती आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा २ सय ५७ व्यक्तिको मृत्यु भएको थियो । सयौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका थिए । सो आक्रमणमा परी कम्तीमा ४२ विदेशी नागरिकले समेत ज्यान गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया