एजेन्सी । बिहीवार राति भएको युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आर्सनलले जित हात पारेको छ । खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियालाइ स्तब्ध बनाउन आर्सनलका तर्फबाट एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गरे ।
खेलको ११ औ मिनेटमा भ्यालेन्सियाका मोक्टार दिखावबीले शुरुवाति गोल गरेपनि खेल जित्न भने सकेनन् ।
खेलको १८ औ मिनेटमा आर्सनलका लाकाजेट्टीले गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए र पुण २५ औ मिनेटमा घरेलु मैदानमा आर्सनललाई अग्रता दिलाए ।
अबुमियाङले ९० औ मिनेटमा गोल गर्दै आर्सनललाई ३–१ को अग्रता सहित जित दिलाए । अर्को बिहीवार आर्सनलले अवे खेलमा भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया