काठमाडौं । पाकिस्तानमा मोबाइल सेवा ‘अस्थायी रूपमा’ बन्द गरिएको छ ।
पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।
एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आतंकवादी गतिविधिमा भर्खरैको बृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ,
सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक छ।’
पाकिस्तानमा निर्वाचन जारी छ र निर्वाचन अघि भएको आतंकबादी हमलामा हिजो ३० जनाले ज्यान गुमाएका थिए । सो घटना पछि आजको आम निर्वाचनमा ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया