विमानको आपतकालीन अवतरणका लागि राजमार्गलाई धावनमार्गका रुपमा विकास गरिने

काठमाडौं । सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने भएको छ । 

शुक्रवार नयाँ वानेश्वरस्थि संसद भवनमा सरकारले तयार पारेको आर्थिक वर्ष २०७६–७७ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोबारे जानकारी दिएकी हुन् । 

राष्ट्रपति भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।

पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ ।

यस्तै सन् २०१९भित्रै लुम्बिनीको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि रसरकारले गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?