काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’ मा सुन नेपाल भित्राएको प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले बयान दिएका छन् ।
सुन तस्करी प्रकरणमा मुछिएका महरासँग आज सिंहदरबारमा सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको हो ।
सिंहदरबारस्थित पूरानो गृहमन्त्रालय रहेको भवनमा पुगेर महराले बिहीबार दिउँसो बयान दिएका हुन् ।
सुन तस्करी प्रकरणमा कनेक्सन देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले महराको कागज गराएर उनलाई प्रतिवादी कायम नगरी अनुसन्धान बुझाएको थियो । सो क्रममा उनले आफूले चिनियाँ नागरिकले दुबईबाट ल्याएको भन्सारमा रोकिएको भेप छुटाउन आफूले तत्कालिन भन्सार प्रमुखलाई फोन मात्रै गरेको बताएका थिए ।
सोही प्रकरणमा जोडिएका उनका छोरा राहुललाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया