प्रधानमन्त्री ओलीद्वारा शास्वतधाममा विशेष पूजा

नवलपरासी  । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पूजा, अर्चना गरेका छन् । 

उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरेका छन् ।  

शनिवार दिउँसो हेलिकप्टरवाट आएका प्रधानमन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्राहलयको अबलोकन पनि गरे । शाश्वत धाममा चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए । 

शाश्वत धामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको प्रधानमन्त्रीले बताए । 

प्रधानमन्त्रीले औद्योगिकरण, समाजसेवा र धार्मिक कार्यमा समेत प्रशंसनीय काम गरेर उद्यमी बिनोद चौधरीले सफलताको उदाहरण प्रस्तुत गरेको बताए । शास्वतधाम नेपालकै गहना भएको र यसले धार्मिक पर्यटन र सामाजिक एकता तथा धार्मिक सहिष्णुता कायम राख्न उच्च योगदान भन्दै उनले प्रशंसा गरे । 

प्रधानमन्त्री ओलीले कृतिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई स्थाई केन्द्रबाट ठूलो राहत पुग्ने आशा पनि व्यक्त गरे ।

मानवीय सेवामा चौधरी ग्रुपको योगदान प्रशंसायोग्य भएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक काममा अझै धेरे काम गर्न पनि ग्रुपलाई प्रोत्साहित गरे । चौधरी फाउण्डेसनले यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविरको आयोजना गरि ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदिएको थियो ।

मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवस्यक रहेकाले स्थाई केन्द्रमार्फत् सेवा दिन लागिएको चौधरी फाउण्डेसनका अध्यक्ष चौधरीले बताए । फाउण्डेशनले बिभिन्न कारणले हातखुट्टा गुमाएका ब्यक्तीलाई निशुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिदै आएको छ । 

प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेताहरु  प्नि शाश्वत धाम आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?