एजेन्सी । उत्तर कोरियाले छोटो दुरीका मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले बताएको छ ।
दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार ती परिक्षण उत्तर कोरियाको पूर्वी भागमा रहेको होदो प्रायद्विपबाट गरिएका थिए ।
यदी पुष्टि भएमा यो सन् २०१७ नोभेम्बरमा प्योंगयांगले गरेको ‘अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल’को परिक्षण गरे यताको पहिलो मिसाइल परिक्षण हुनेछ ।
अघिल्लो महिना प्योंगयांग आफैले एक नयाँ ‘सामरिक निर्देशित हतियार’ परिक्षण गरेको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया