विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ ।
सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पुरुषतर्फ अमर यादव प्रथम, याङ्देव राई द्वितीय र सुमित मेहता तृतीय भएका छन् ।
महिलातर्फ अंशु मण्डल प्रथम, तुलसा खतिवडा द्वितीय र रोशनी साहले तृतीय स्थान प्राप्त गरे । विराटनगरस्थित जनआन्दोलन चोकदेखि बरगाछीसम्म आयोजित दौड प्रतियोगिताका विजेताहरूलाई मेयर नागेश कोइराला र प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गरे थिए । प्रतियोगितामा ४० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया