काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ ।
आज डलर, युरो र पाउण्डमा सामान्य मूल्य बढेको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसामा कारोबार हुँदा युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको थियो ।
यस्तै, बेलायती पाउण्ड शुक्रबार एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया