म्यान्चेस्टर सिटीको महिला टिमले जित्यो एफ ए कपको उपाधि

एजेन्सी । म्यान्चेस्टर सिटीको महिला टिमले एफ ए कप फुटबलको उपाधि जितेको छ ।

शनिवार राति सम्पन्न भएको फाइनल खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३-० गोल अनतरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ५२ औँ मिनेटमा केइरा वाल्सले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाइन् ।

त्यस्तै ८१ औँ मिनेटमा स्टान्वेले गोल गरिन् । ८८ औँ मिनेटमा हेम्पले गोल गर्दै क्लबलाई तेब्बर अग्रता दिलाइन् । वेस्टह्यामले पनि निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?