एजेन्सी । जर्मन बुन्डेश लिगाको खेलमा हनोवरलाई ३–१ गोलको फराकिले अन्तरले पराजित गर्दै बार्यन म्युनिख उपाधिको नजिक पुगेको छ ।
लेवान्डोस्कीको गोलबाट २७ औँ मिनेटमा बार्यनले खेलमा शुरुवाती अग्रता लिएको थियो । बार्यनका लियोन गोरेत्जकाल खेलको ४० औँ मिनेटमोे गोल गर्दै क्लबलाई अग्रतालाई दोब्बर दिलाए ।
५१ औँ मिनेटमा हनोवरका डि जिससले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए । तर, फ्याङक रिबेरीले ८३ औँ मिनेटमा गोल गर्दै बार्यनलाई उपाधिको नजिक धकेलेका हुन् ।
जीतपछि बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिएको छ । लिगमा अब दुई चरणको खेल मात्र हुन बाँकी छ ।
एक अंक बटुल्न सकेमा बार्यनले लगातार सातौं पटक लिगको उपाधि जित्नेछ । शीर्ष स्थानको बार्यनलको ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया