दोस्रो हिसान गण्डकी प्रदेशस्तरीय फुटसलका लागि कास्कीबाट १२ टिम  

लोकपथ
84
Shares

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताका लागि कास्कीबाट १२ टिम छनोट भएका छन् । छनोटका लागि भएको स्पर्धामा ४० टिमले भाग लिएका थिए ।

छनोट हुनेमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल रहेको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

त्यसैगरी प्रतिभा सेकेन्डरी स्कुल, स्टेप बाई स्टेप सेकेन्डरी स्कुल, शिशु निकेतन सेकेन्डरी स्कुल, माउण्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, सगरमाथा सेकेन्डरी स्कुल र न्यु मोडल सेकेन्डरी स्कुल छनोट भएका छन् ।

हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले सहभागिता जनाएका थिए । कास्कीबाट १२ र गण्डकी प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले बताए ।

गण्डकी प्रदेशस्तरीय प्रतियोगिता फागुन ४ देखि ७ गते सम्म पोखरा रंगशालामा हुनेछ । कास्कीबाट छनोटमा परेका १२ टिमले प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतियोगिता विजेताले मेडल, ट्रफीसँगै नगद १ लाख र उपविजेताले ५० हजार राशि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्लब गरिरहेको अध्यक्ष सञ्जय लिगले बताए ।

उनका अनुसार युनिभर्सिटी लेबल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागिता हुने छ । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार प्राप्त गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?