सरकारले नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ? : राजपा नेता महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भनेर प्रश्न गरेको छ । 

आइतवार प्रतिनिधिसभाको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा आपत्ति जनाउँदै सो कुरा भनेका हुन् । 

‘संविधानमा विमति छैन भनी उल्लेख गरिएको छ । के यो नीति कार्यक्रम भाङ खाएर लेखेको हो ?’ भनेर महतोले प्रश्न गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?