पहाडी मधेशीबीचको द्वन्द्व : मित ज्यू अब कसरी जाने…?

काठमाडौं । काठमाडौंको अनामनगरस्थित मण्डला थियटरमा वैशाख २१ गतेदेखि पहाडी र मधेशीबीचको मितेरी साइनोमा आधारित नाटक ‘मिता’ शुरु भएको छ । यो नाटक जेठ ५ गतेसम्म चल्ने छ यस नाटकमा एक पहाडी र एक मधेशी मुलका पात्रहरुबीच भेटघाट हुन्छ र उक्त भेटघाट मितामा परिणत हुन्छ  । कथामा यसबाट निम्तिने परिणामलाई उजागर गर्न खोजीएको छ । 

मितेरी सम्बन्धमा भएपछि एकले अर्कालाई चाडपर्वमा बोलाउने र मित्रतालाई अझ प्रगाढ बनाउने काम हुन्छ र बनाइन्छ । 

दुईबीचको प्रगाढ भइरहेको बेला मधेशी र पहाडीबीचमा द्वन्दको विजारोपण हुन्छ । 

आ–आप्mनो पार्टी तथा हालको यूवा पुस्ताको कारणले दुवै पुस्ताबीच विचारको विमेलले अन्ततः मितबीच फाटो आउँछ । त्यही फाटोका कारण मित्रतामा आउने उत्पीडन र भाषाको सम्मान गर्ने नाटक हो ‘मिता आब कोना चलब’ अर्थात मित ज्यू अब कसरी जाने … 

विराटनगरको एतिहासिक भूमिमा मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको गतिविधि ज्यादै सुस्त रहेको परिप्रेक्षमा २०६८ साल पुस महिनामा यस क्षेत्रको विकासका लागी सार्थक प्रयास गर्ने उदेश्यका साथ विराट मैथिल नाट्य कला परिषद्को गठन भएको हो । 

जसले हालसम्म दर्जनौ आफ्ना मञ्चीय प्रस्तुतीहरु गरिरहेको छ भने काठमाडौंमा यो पहिलो प्रस्तुती रहेको नाटकका लेखक तथा निर्देशन राम भजन कामतले बताए । 

यो संस्था रंगकर्ममा सतत समर्पित संस्था हो । 

यस नाटकको लेखक तथा निर्देशक राम भजन कामतले नै गरेका हुन् भने उनले १० भन्दाबढी नाटकको लेखन तथा निर्देशन गरिसकेका छन् । रंगकर्मलाई नै आफ्नो जीवनको अभीष्ट ठान्ने कामतको “महा कञ्जुस” नामक नाटक मैथिली भाषाको पहिलो नाटक हो ।

यो नाटक गर्नुको पहिलो अभिप्राय पहिचानको खोजी  र दोस्रो, अहिलेको आवश्यता रहेको उनले बताएका छन् । 

‘हामीले साचै लोकतन्त्र, गणतन्त्र पायौँ र त्यसको अभ्यास पनि गरिरहेका छौ ।’ उनले बताए । ‘अभ्यासको क्रममा के यो तन्त्रले टुटेका मनहरुलाई जोड्यो त ? या जोड्न वा तोड्न सफल असफल के भयो ? त्यसैको परिधि मानकको रुपमा यो नाटक निर्माण भएको हो । जसले पहाडी मधेशीको द्वन्द्वलाई अगाडी सारेको छ ।’ उनले थप्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?