काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत राजनीतिमा प्रवेश गरेको खबरले चर्चामा छिन् । हालै एक कुराकानीका क्रममा कंगनालाई सोधिएको थियो के उनी छिट्टै भारतको प्रधानमन्त्री बन्न चाहन्छिन् ? यो प्रश्नमा कंगनाले रोचक जवाफ दिँदै भनिन्, ‘इमर्जेन्सी’ मा मेरो लुकस देखेपछि मानिसहरूले यस्तै सोच्न थालेका छन् ।
उनले भनिन्, ‘कला भनेको शुद्ध व्यवसाय हो । कलाकारहरूलाई माता सरस्वतीको आशीर्वाद छ। र हामी सबैलाई थाहा छ कि राजनीतिको संसार सधैं कत्ति क्षमाशील छ। त्यो संसारको हिस्सा बन्ने मेरो स्वभाव होइन, म मनको कोमल कलाकार हुँ। म सधैं कलासँग जोडिन चाहन्छु। तर, निस्वार्थ भएर देश सेवा गर्ने मौका पाए भने अवश्य राजनीतिमा लाग्न चाहन्छु । यदि देशलाई मेरो आवश्यकता छ भने, म सधैं हुनेछु।’
केही समयअघि उनले राजनीतिज्ञ बन्ने बयान दिएकी थिइन्, कंगनाको यो टिप्पणी उनको बयानको केही महिनापछि आएको हो । उनले ‘म राजनीतिज्ञ बन्न चाहन्छु’ तर यो निर्णय जनताले लिनुपर्छ, यो निर्णय म उनीहरुलाई छोड्छु भनेकी थिइन् ।
कंगना रनौत पछिल्लो समय ‘चन्द्रमुखी २’ र ‘तेजस’ मा देखिएकी थिइन् । कंगनाको आगामी फिल्मको कुरा गर्दा उनी राजनीतिक ड्रामा फिल्म ‘इमर्जेन्सी’ मा देखिनेछिन् । यस फिल्ममा नायिका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको मुख्य भूमिकामा छिन् । कंगनाले यो फिल्ममा अभिनय मात्रै नभएर निर्देशन पनि गरिरहेकी छिन् । कंगनाका अलावा यस फिल्ममा श्रेयस तलपदे, अनुपम खेर, महिमा चौधरी र पुपुल जयकरको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया