ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । 

यही वैशाख १४ गतेबाट सुनसरी जिल्ला, कोशी गाउँपालिका ३ जमुवा चोकमा ग्लोबल आइएमई बैंकले निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको हो ।  

बैंकको इटहरी शाखाको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सञ्चालन भएको थियो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो । 

उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको विराटनगर आँखा अस्पताल, विराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।

बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?