विराटनगर । पाचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।
बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो ।३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर मोरङ द्वितीय भएको छ । यस्तै, सुनसरी ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।
प्रतियोगिता अन्र्तगत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्वितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भइन् ।
यसैगरी, ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बिक, द्वितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् ।
५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्वितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् । यस्तै, ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्वितीय सुनसरीकी एलिजा राई, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् ।६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्वितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् ।
यस्तै, ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्वितीय झापाकी सुष्मा आक्षमी भइन् ।
पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्वितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्वितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।
यसैगरी, ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्वितीय इलामका दिपप्रसन राई, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्वितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए ।
६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्वितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।
दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निर्माण गरी खेलकुद क्षेत्रको विकासका लागि पहल गर्ने बताए ।
नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’
नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोजविक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नवीन तामाङ्ग र प्रदेश सदस्य प्रल्हाद राउत लगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया