काठमाडौं । आगामी जेठ १ गतेदेखि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ र नेपालय इन्टरनेशनल आज ‘आइतवार’ पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । जेठ २४ गतेसम्म चल्ने यो प्रतियोगिताको खेल ५० ओभरको हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको ‘एपीएफ’ तथा सात प्रदेश सहित १० टोलीले सहभागिता रहेने पनि पत्रकार सम्मेदनमा जानकारी दिइयो । सहभागी टिमलार्य दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख नगद रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडीले मोटरसाईकल हात पार्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १ करोड ७५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया