भाजपा नेताको हत्या

नयाँ दिल्ली । अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । 

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतवार जानकारी दिएका छन् । 

उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो ।  मिर अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष हुन् । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ । 

“राती अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,” एक प्रहरी अधिकारीहरुले सिन्ह्वासँग भने । 

आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?