पाकिस्तानमा पेट्रोलको मूल्यमा वृद्धि

एजेन्सी । पाकिस्तानमा पेट्रोलको मुल्यमा वृद्धि भएको छ । 

गता फेब्रअरी १४ तारिखमा भारतको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानमा पेट्रोलको मुल्य बढेको हो । पाकिस्तानबाट आयात हुने सामानमा भारतले २ सय प्रतिशत शुल्क लगाएसँगै त्यहाँ पेट्रोलसहित गोलभेडा र दुधको मूल्यमा पनि वृद्धि भएको हो । 

पाकिस्तानको आर्थिक समन्वय समिति ‘ईसीसी’ले पेट्रोलको मूल्य लगभग १५ रुपैयाँले बढाएको हो । पाकिस्तानमा पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ रहेकोमा हाल १ सय ७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलको मूल्य पनि ७ रुपैयाँ ८२ पैसा प्रतिलिटरले बढेको छ ।

एक लिटर दुधको मूल्य २ सय ८८ रुपैयाँ पुगेको छ भने गोलभेडाको मूल्य १ सय ६० रुपैयाँ प्रतिकिलो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै पाकिस्तानमा पनि उक्त बढोत्तरीको निर्णय लिइएको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?