काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज (आइतवार) धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।
नेप्से परिसूचक मात्रै होइन, कारोवार रकम समेत घटेको छ । कूल १ सयल ७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता शेयर रु ६५ करोड तीन लाख ७८ हजार ४ सय ५४ मूल्यमा खरीद बिक्री भए
कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । उत्पादन २०.८० र अन्य उपसमूह १.१२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार बैंकिङ १६.०२, होटल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बीमा २४.७३ , लघुवित्त २५.८७ र जीवन बीमा १२७.०२ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३ सय १० मा रु छ करोड २८ लाख ८४ हजार ५ सय ७६ बराबरको कारोवार भयो । यस्तै प्रतिकित्ता रु २ सय ८२ मूल्यमा प्रभु बैंकको रु चार करोड ६४ लाख ३० हजार आठ, प्रतिकित्ता रु ३ सय ५८ मा शिवम् सिमेन्टको रु चार करोड ६३ लाख ४९ हजार ७ सय २३ बराबरको कारोवार भयो ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीको प्रतिकित्ता रु ५ सय ३३ मा रु दुई करोड २८ लाख ७८ हजार ७ सय १३, एनएमबी बैंकको प्रतिकित्ता रु ३ सय ७६ मा रु दुई करोड १२ लाख १७ हजार ४ सय १८, कृषि विकास बैंकको प्रतिकित्ता रु ३ सय ७९ मा रु दुई करोड ११ लाख दुई हजार ४ सय ३३ मा कारोवार भयो ।
स्टकका अनुसार मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले दश प्रतिशतका दरले कमाए । यस्तै युनाइटेड फाइनान्स ४.७१, शिवम् सिमेन्ट ४.०७, नेरुडे लघुवित्त विकास बैंक ३.७८, एनएलजी इन्स्योरेन्स कम्पनी ३.५२, सिटिजन म्यूचल फण्डका लगानीकर्ताले ३.४२ प्रतिशतले कमाए ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६२, एनआइबिएल समृद्धि फण्ड ७.२६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ७.०१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ६.१७, यूनिभर्सल पावर कम्पनी ५.८८ र ङादी समूहका शेयरधनीले पाँच प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया