काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।
खनालकै कप्तानीमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो भने उनकै कप्तानीमा नेपालले यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।
बक्सिङकफी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै खनालले सो अवार्ड हात पारेका हुन् ।
त्यस्तै पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पारा एथलिट अवार्डबाट मैया बिशुंखे सम्मानित भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया