काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर क्यानलाडाई ब्याटिङको निम्तो दिएको छ ।
सोमबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको नेपाल आज अन्तिम खेल जितेर सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ । यस्तै, क्यानडाका टोली पनि सिरिजमा आफ्नो पहिलो सान्त्वना जितको खोजिमा मैदान प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया