देशभरको मौसम सफा, दुई दिनसम्म पानी पर्ने सम्भावना छैन

लोकपथ
105
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सोमबार पनि हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मंगलबारसम्म देशभरि पानी पर्ने सम्भावना छैन । बुधबार भने देशका केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?