काठमाडौं । बलिउड अभिनेत्री यामी गौतमको आगामी फिल्म ‘आर्टिकल ३७०’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा काश्मीर उपत्यकाको अवस्थाको वर्णन गरिएको छ। ट्रेलरमा ‘धारा ३७०’ हटाउनका लागि कस्ता प्रयास र जटिलताहरू भएका थिए, त्यसको झलक पनि हेर्न सकिन्छ । यो फिल्म २३ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि यामी गौतमले एक पोस्ट सेयर गर्दै फिल्मका लागि आफू निकै उत्साहित भएको बताएकी छिन् ।
सन् २०१२ मा ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यू गर्नुअघि यामी गौतमले धेरै भारतीय भाषाका फिल्ममा काम गरेकी छन् । गत वर्ष ‘ओएमजी २’ मार्फत ठूलो पर्दामा आएकी नायिका थ्रिलर ‘आर्टिकल ३७०’ लिएर निकै उत्साहित छिन् । फिल्मी उद्योगमा विभिन्न विधामा काम गरिसकेकी यामी गौतम आफ्नो करियरको पहिलो एक्सन फिल्म लिएर आउन पाउँदा निकै उत्साहित भएको बताएकी छन्।
‘आर्टिकल ३७०’ भारत सरकारले भारतीय संविधानको अनुच्छेद ३७० अन्तर्गत जम्मू कश्मीरलाई दिइएको विशेष दर्जा कसरी खारेज गर्यो भनेर देखाउन खोजेको छ । अभिनेत्री गौतमले सामाजिक सञ्जाल एक्समार्फत फिल्मसँग जोडिएको आफ्नो अनुभव सेयर गरेकी छिन्।
आफ्नो पोस्टमा, अभिनेत्रीले मिसनलाई सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति र एजेन्सीहरूको प्रशंसा पनि गरेकी छन् । पत्रकारको ट्वीट रिपोस्ट गर्दै यामीले लेखेकी छिन्, ‘धन्यवाद अखिलेश जी ! यो साँच्चै सबैभन्दा अविश्वसनीय अपरेशन मध्ये एक थियो। यस अपरेसनको लागि विभिन्न एजेन्सीहरू मिलेर एउटा असम्भव कार्य पूरा गरे, जसले भारतीयहरूको भाग्य परिवर्तन गर्यो, त्यो पनि कसैलाई थाहा नभएको।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया