एजेन्सी । रुसको मस्कोमा रुसी विमानमा आगो लागेको छ भने विमानमा सवार ७८ जनामध्ये ४१ जनाको मृत्यु भएको छ ।
मस्कोमा आपत्कालीन अवतरणका क्रममा धावनमार्गमा जहाजको इञ्जिनमा आगो लागेको हो ।
मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी सञ्चारमध्यमहरुले जनाएको छ ।
त्यस्तै घाइते ६ जना अस्पतालमा भर्न गरिएकोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको रसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सो जेट विमानमा ७८ जना यात्रुहरू रहेका थिए । विमानमा आगो लाग्न थालेपछि विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया