काठमाडौं । भारतमा लोकसभाको पाँचौ चरणको मतदान आज (सोमवार)बाट शुरु भएको छ ।
आजको चुनावमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६ सय ४७ नेताहरुको प्रतिस्पर्धा हुँदैछ ।
सोमवार ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद चुन्नेछन् । ५१ सिटका लागि ६ सय ४७ जना चुनावी मैदानमा उत्रेका छन् ।
सोमवार उत्तर प्रदेशको सबैभन्दा धेरै १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७–७ सिटमा चुनाव भइरहेको छ ।
यसैगरी बिहारका ५ र झारखण्डका चार सिटमा पनि आजै मतदान भइरहेको छ ।
जम्मु–कश्मिरको लद्दाख सिट र अनन्तनाग सिटका लागि पुलवामा र शोपिया जिल्लामा पनि चुनाव भइरहेको छ ।
भारतको चुनाव आयोगले ९४ हजार मतदान केन्द्र बनाएको छ ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पाँचौ चरणको मतदानसँगै ४ सय २४ सिटमा चुनाव सम्पन्न हुनेछ ।
बाँकी १ सय १८ सिटमा मे १२ र १९ मा चुनाव हुनेछ ।
यूपीए अध्यक्ष सोनिया गान्धी रायबरेली क्षेत्रबाट चुवान लडेकी छन् । उनले त्यहाँबाट तीन पटक चुनाव जितिसकेकी छन् ।
यसपटक सोनियाविरुद्ध भाजपाका दिनेश प्रताप सिंह प्रतिस्पर्धामा छन् ।
राहुल गान्धी अमेठी र वायनाडबाट उम्मेदवार बनेका छन् ।
अमेठीबाट भाजपाले केन्द्रीय मन्त्री स्मृति इरानीलाई दोस्रो पटक टिकट दिएको छ ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंह लखनउबाट चुनाव लडेका छन् । उनले सन् २
०१४ मा लखनउबाटै चुनाव जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया