चेल्सी च्याम्पियन्स लिगको लागि छनोट

एजेन्सी । चेल्सीले अर्को सिजनको ‘युइएफए’ च्याम्पियन्स लिग खेल्ने भएको छ । 

आफ्नो घरेलु मैदानमा आइतवार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको लागि छनोट भएको छ । आर्सनलले ब्राइटटनसँग एक-एक गोलको बराबरी खेलेपछि चेल्सीले एक खेल अगावै च्याम्पियन्स लिगमा स्थान तय गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको शुरुवाती समयमा नै चेल्सीका लागि लोफट्स चेकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ५१ औँ मिनेटमा डेबिड लुईजले गोल गर्दै क्लबको अग्रतालार्य दोब्बर पारे । ७५ औँ मिनेटमा गोन्जालो हिग्विनले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले ३-० ले आफ्नो पक्षमा पा-यो ।

जारी लिगको तेस्रो स्थानमा रहेको चेल्सीले ३७ खेलबाट ७१ अंक बनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?