एजेन्सी । मुम्बई इन्डियन्स जारी इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटको पहिलो क्वालिफायरका लागि छनोट भएको छ ।
लिग चरणको अन्तिम खेलमा आइतवार राति मुम्बई इन्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको हो । यो जीतपछि मुम्बईले चेन्नईसँग पहिलो क्वालिफायर खेल खेल्ने भएको छ ।
१ सय ३४ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मुम्बईले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकिय पारी खेले । उनले ५५ रनको योगदान दिए । त्यस्तै क्विनटन डी ककले ३० रन तथा सुर्यकुमार यादवले नटआउट ४६ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार पारेको थियो । कोलकत्ताका लागि क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यता मुम्बईका लासिङ मालिङ्गाले सर्वाधिक ३ विकेट तथा हार्दिक पाण्डेया र जसप्रित बुम्राहाले समान २–२ विकेट हात पारे । यो हारसँगै कोलकत्ता भने प्रतियोगिताबाट बाहिरिएको छ ।
कोलकत्ता पराजित भएसँगै सनराइजर्स हैदरावाद भने प्लेअफको लागि छनोट भएको छ । कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा छनोट भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया