एजेन्सी । अमेरिकाले चीनबाट आयात हुने सबै सामानमा लाग्ने शुल्कमा वृद्धि गरेको छ ।
चीनसँगको व्यापार वार्ताकाबीच अमेरिकाले चीनबाट आयात हुने २ सय अर्ब डलर बराबरको सामानमा आयात शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु-र्याएको हो । अमेरिकाले यहि मे १० तारिखदेखि उक्त शुल्क लागू गर्ने जनाएको छ ।
चीनले अमेरिकासँगको व्यापार वार्ता एकदमै सुस्त बनाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ सय २५ अर्ब डलर बराबरको थप चिनीयाँ सामानमा छिट्टै २५ प्रतिशत शुल्क लगाउने चेतावनी समेत दिएका छन् ।
अमेरिका र चीनबीच गत वर्षको मार्च महिनादेखि व्यापार युद्ध शुरु भएको थियो । दुवै देशले एक अर्काको सामानमा आयात शुल्क बढाएका थिए । गत नोभेम्बरमा सम्पन्न जी–२० सम्मेलनका क्रममा डोनाल्ड ट्रम्प र चिनीयाँ राष्ट्रपति शी–जिनपिङबीच व्यापार युद्धको अन्त्य गर्नका लागि व्यापार वार्ता गर्ने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया