एसीसी महिला प्रिमियर कप : रुविनाको ऐतिहासिक शतक, नेपालद्वारा मालदिभ्सलाई २२८ रनको लक्ष्य

लोकपथ
217
Shares
2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा जितका लागि नेपालले मालदिभ्सलाई दुई सय २८ रनको लक्ष्य दिएको छ ।

नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविना टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?