२४ वर्षदेखि चीनको कब्जामा रहेका ‘पञ्चेन लामा’ कस्ता भए ?

चीनले जब १९९५ मा तिब्बत बौद्ध धर्मको दोस्रो महत्वपूर्ण व्यक्तिलाई ६ वर्षको उमेरमा नै आफ्नो कब्जामा लिएको थियो तब उनलाई विश्वकै सबैभन्दा कान्छो बन्दी भनिएको थियो । अहिले २४ वर्ष भयो उनलाई बन्दी बनाइएको तर, उनलाई कसैले देखेको छैन ।

किन बनाइयो उनलाई बन्दी ?

तिब्बती बौद्ध पुनर्जन्ममा विश्वास राख्छन् । जब तिब्बत बौद्ध धर्मको सबैभन्दा महत्वपूर्ण व्यक्ति पञ्चेन लामाको सन् १९८९ मा मृत्यु भयो(केही मानिस यो पनि भन्छन् कि उनलाई चिनियाँ सरकारले नै विष दिएर मारेको हो) तब उनले अवतार लिन्छन् भनेर धेरैले अनुमान गरेका थिए ।

सन् १९९५ मे १४ मा तिब्बती बौद्धधर्मका प्रमुख दलाई लामाले पञ्चेन लामाले अवतार लिएको बताए । ६ वर्षका गेझुन चोएक्यी न्यीमालाई पञ्चेन लामाको अवतार घोषित गरियो । ती बालक तिब्बतको नाक्शु शहरका एक डाक्टर र नर्स दम्पत्तिका छोरा थिए । 

चिनियाँ सरकारलाई पञ्चेन लामालाई दलाई लामाको हस्तक्षेपविना नै पहिचान गरियोस् भन्ने इच्छा थियो तर त्यस्तो नभएपछि गेझुन र उनको परिवारलाई चिनियाँ सरकारले परिदृश्यबाटै हटाइदियो र आफ्ना नजिकका धर्म गुरुबाट यस्तो पञ्चेन लामाको पहिचान गर्न भन्यो जो चीनको इशारामा चलोस् ।

यसपछि के भयो ?

सन् १९९५ मे १७ मा ती ६ वर्षीय बालकलाई चिनियाँ सरकारले नियन्त्रणमा लियो र मानिसहरुको नजरबाट टाढा राख्यो ।

एकपटक एक अधिकारीले साउथ चाइना मर्निङ्ग पोस्ट नामक एक चिनियाँ पत्रिकालाई बताएअनुसार उनलाई उत्तरी चीनको गानझू भन्ने ठाउँमा राखिएको छ । फेरि कसैले यो पनि अनुमान लगाएका छन् कि ती बालकलाई बेइजिङ या त्यसकै आसपास कतै राखिएको छ ।

सन् २००० मा ब्रिटेनका तत्कालीन विदेशमन्त्री रोबिन कुकले संसद समितिलाई भनेका थिए, ‘जबजब हामीले चिनियाँ सरकारसँग गेझुन चोएक्यी न्यीमाका बारेमा सोध्यौं तब उनीहरुले यही बताए कि उसको स्वास्थ्य रामो छ, राम्ररी हेरचाह गरेर राखिएको छ र उसका परिवारले अन्तर्राष्ट्रिय स्तरबाट हस्तक्षेप भएको मनपराउँदैनन् ।’ 

यो तस्वीर अन्तर्राष्ट्रिय तिब्बत नेटवर्कका लागि बनाइएको हो । ४ वर्षअघि ‘क्याम्पेन फर तिब्बत’ ले पनि पञ्चेनको यसैसँग मिल्दोजुल्दो ‘अनुमानित’ तस्वीर प्रकाशित गरेको थियो । त्यो तस्वीर उनी हराएको २० वर्षपश्चात बनाइएको थियो । त्यसताका उनी २६ वर्षका थिए । 

‘गत साता भएको बैठकमा हामीलाई चीन सरकारले पञ्चेन लामाको भन्दै दुई तस्वीर देखायो । तस्वीरमा उनी घरभित्रै थिए । हामीले उनी बसेकै ठाउँमा गएर पुष्टि गर्ने माग राख्यौं तर पूरा भएन ।
मुनि देखाइएको तस्वीर फोरेन्सिक आर्टिस्ट टिम विडेनले ‘एज प्रोग्रेसन टेक्निक’ को प्रयोग गरी उनको उमेरको हिसाब गरेर बनाएका हुन् । यो उनको एक मात्र तस्वीरमा आधारित छ जुन पञ्चेन लामालाई खोजने टोलीले सन् १९९४–९५ मा लिएका थिए । 

टिम विडेनलाई पञ्चेन लामाको ३० औं जन्मदिनका लागि तस्वीर बनाउने आदेश दिइएको थियो । विडेनका अनुसार उनले यो तस्वीर औसत स्वास्थ र तौलको अनुमान गरेर बनाएका हुन् । कपाल पनि विडेनले अनुमानकै आधारमा बनाएका हुन् । यसअघि विडेनले जति पनि हराएका मान्छेहरुको तस्वीर बनाएका थिए उनीहरुको कैयौं तस्वीरलाई हरेर, जाँचेर मात्रै बनाएका थिए । तर, यसपालि भने उनीसँग एउटा मात्रै तस्वीर थियो ।

यो तस्वीर अन्तर्राष्ट्रिय तिब्बत नेटवर्कका लागि बनाइएको हो । ४ वर्षअघि ‘क्याम्पेन फर तिब्बत’ ले पनि पञ्चेनको यसैसँग मिल्दोजुल्दो ‘अनुमानित’ तस्वीर प्रकाशित गरेको थियो । त्यो तस्वीर उनी हराएको २० वर्षपश्चात बनाइएको थियो । त्यसताका उनी २६ वर्षका थिए । 

तस्वीरमा उनलाई बौद्ध भिक्षुको वस्त्र लगाएको देखाइएको छ तर उनी बने कि बनेनन् भनेर निश्चित चाहिँ छैन । चिनियाँ अधिकारीहरुले पञ्चेन पढिरहेको बताएपनि उनी के पढ्दैछन् भनेर कहिल्यै खुलाएको छैन । 

पञ्चेन लामा यति महत्वपूर्ण किन छन् ?

दलाई लामाजस्तै पञ्चेनलाई पनि बुद्धको एक रुप मानिन्छ । ‘पञ्चेन’लाई बुद्धको असीम प्रकाशको दैविक स्वरुप मानिन्छ । परम्परा अनुसार एक रुप दोस्रो स्वरुपको गुरु हो र दोस्रोको अवतारको पहिचान गर्नमा पहिलोको विशेष भूमिका रहेको हुन्छ । दलाई लामा र पञ्चेन लामाको उमेरमा ५० वर्षभन्दा बढीको अन्तर छ । यस अर्थमा जब दलाई लामाको अर्को रुप खोज्ने काम पञ्चेन लामाले गर्छन् । 

दलाई लामाले आफ्नो रिटायर्मेन्ट र पुनर्जन्मलाई लिएर एक सन्देश लेखेका थिए, ‘उनीहरुका अनुसार उनीहरु मेरो मृत्यु पर्खिरहेका छन् र त्यसपश्चात आफूले चाहेको व्यक्रिलाई नै १५ औं दलाई लामा घोषणा गर्ने छन् ।’

नयाँ तस्वीर छाप्नुको उद्देश्य के ?

सामान्यतः कोही गायब भएमा कसैले उसलाई कहीँ न कहीँ देख्ने सम्भावना सधैं रहन्छ । 

सन् २००७ मा गायब भएका एण्ड्रू गोस्डन नामक एक युवाको यही प्रक्रियाद्वारा चित्र बनाएर एक अङ्ग्रेजी ब्यान्डको साङ्गीतिक टूरमा प्रदर्शन गरिएको थियो । दर्शकहरु मध्ये कसैले उसलाई देखेको छ कि भन्ने आशमा । 

पञ्चेन लामाको मामिलामा सारा विश्वकै ध्यानाकर्षण भएका कारण चिनी सरकारमा दबाव परेर केही नयाँ जानकारी दिइहाल्छ कि भनेर यसरी तस्वीर बनाइएको अन्तर्राष्ट्रिय तिब्बत नेटवर्कका मेन्डी मेक्केओनले जनाए । मेक्केओनका अनुसार यदि पञ्चेनका बारेमा कुनै जानकारी बाहिर आयो भने त्यसलाई पुष्टि गर्न र उनलाई स्वतन्त्र रुपमा जुनसुकै ठाउँमा पनि बस्न दिन माग गरिनेछ ।

भन्छन्, ‘हामी उनलाई रिहा गरिदिन सक्दो प्रयास गर्नेछौं ।’ 

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?