काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रकाश विष्टलाई केन्द्रिय कार्यसमितिमा मनोनित गरेका छन् ।
विष्ट कैलाली जिल्ला फुटबल संघका पुर्व अध्यक्ष समेत हुन् । विगत लामो समयदेखि नेपाली फुटबलको विकाशका लागि परेका विष्टलाई एन्फाले कार्यसमितिको सदस्यमा मनोनित गरेको हो ।
एन्फाको विधान अनुसार ९ जना सदस्य केन्द्रिय कार्यसमितिले मनोनित गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार विष्टलाई कार्यसमितिको सदस्यमा मनोनित गरेको एन्फा प्रवक्ता किरणले जानकारी दिए । साथै उनका अनुसार एन्फाको अर्को कार्यसमितिको बैठकले विष्टको निर्णयलाई अनुमोदन गर्ने पनि जानकारी दिए ।
यसअघि एन्फाले रुपेश अधिकारी, दिपक राई, तपेश्वर राउत, निरज राउत र एलबी ज्वारचनलाई कार्यसमितिको सदस्यमा मनोनित गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया