आईसीसी विश्वकप लिग २ : नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

लोकपथ
210
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाको कसिलो बलिङमा नेपाल १३२ रनमा अलआउट भएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो ।

खराब सुरुआत गरेको नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै अलआउट भए।

नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस्तै खेलमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृंखला आजदेखि शुरु भएको हो । यो शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?