#NAME?

काठमाडौं । विश्व -याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली आव ‘मंगलवार’ अस्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । 

यहि मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टिममा २ सय ५० मिटरको स्प्रिन्ट, ३ सय ५० मिटरको हेड टु हेड, ४ सय ५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यत्ति बेला खेलेका कुनैपनि खेलाडी अहिलेको टिममा छैनन् ।

प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?