पुलिस र आर्मी क्वाटरफाइनलमा

ताप्लेजुङ । साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङको साँघुमा भएको खेलमा पुलिसले प्रदेश नम्बर १ र आर्मीले टियु विश्वबिद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ’ए’ बाट क्वाटरफाइनलमा पुगेको हो । पुलिसले प्रदेश १ लाई २५–८, २५–१८ र २५– ९ को सेटमा पराजित गर्यो ।  

अब पुलिसले आज ‘मंगलवार’ प्रदेश ३ सँग खेल्नेछ ।  प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वाटरफाइनलमा पुगेको छ । 

त्यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित गर्यो । आर्मीले विश्वबिद्यालय टिमलाई २५–१३, २५–१३ र २५–१५ को सेटमा पाखा लगायो । अब आर्मीले प्रदेश नम्बर २ सँग खेल्नेछ । 

जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार सशत्र प्रहरीको एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित गर्यो । एपीएफले प्रदेश ३ लाई २५–१६,२५–१५ र २५–२४ को सेटमा हरायो । अब एपीएफले मंगलवार प्रदेश १ सँग खेल्नेछ ।

त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । गण्डकीले प्रदेश २ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो  । अब गण्डकीले विश्वबिद्यालयसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका आयोजक  क्लबका अध्यक्ष दिवश लिम्बुले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ ।  उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?