काठमाडौं । विश्व सामाजिक मञ्चको १६औं सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको हो । विहीबारदेखि सुरु भएको सम्मेलन ७ गते सम्म हुनेछ ।
उदघाटका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित ¥याली निकालिएको छ ।
सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया