काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नामिबियाको ४ विकेटले विजयी भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ विकेटले नेपाललाई पराजित गरेको हो ।
नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पूरा गरेको हो ।
खेलमा नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए । ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए ।
यसैगरी नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृंखला आजदेखि शुरु भएको हो । यो शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया