एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज ‘मंगलवार’ लिभरपुलले बार्सिलोनाको सामना गर्दैछ ।
सेमिफाइनलको पहिलो लेगमा ३-० गोल शानदार जीत निकालेको बार्सिलोना अन्तिम दुईमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ ।
यता, लिभरपुलका मुख्य स्ट्राईकर रोबर्टो फिर्मिन्हो र मोहमद सलाहा चोटका कारण मैदान उत्र्ने छैनन् । दुई स्टार खेलाडी बिना नै मैदानमा उत्रिन लागेको लिभरपुलले १९ वर्षिय युवा खेलाडी रियान ब्रेस्टरलाई फरवार्डको रुपमा राखेको छ ।
उनले सन् २०१७ को अप्रिलमा क्रिस्टिल प्यालेसविरुद्वको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदानमा देखिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया