काठमाडौं । रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर उदयपुरगडी गाउँपालिका-९ ध्वासे फुलबारी घर भई काठमाडौं स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई प्रहरीले १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार दिउँसो सामाखुशीबाट पक्राउ गरेको हो ।
तामाङले २ जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न प्रहरील जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया