अन्तरजातीय विवाह गरेको भन्दै गर्भवती छोरी र ज्वाइलाई ज्यूँदै जलाइयो

एजेन्सी । छोरीले अन्तरजातीय विवाह गरेको भन्दै एक परिवारले छोरीसहित उनका पतिलाई जिउँदै जलाएको छ ।

आफ्नो इच्छा विपरीत विवाह गरेको भन्दै भारतको महाराष्ट्रस्थित अहमदनगरको एक परिवारले आफ्नी १९ वर्षीया छोरी रुक्मिणीलाई जिउँदै जलाएको हो । 

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार रुक्मिणी रणसिंहको घटनास्थलमै मृत्यु भएको छ भने उनका पति मंगेश रणसिंह पुनेस्थित ससून अस्पतालमा उपचाररत छन्। मृतक रुक्मिणी २ महिनाकी गर्भवती भएको बताइएको छ । 

रुक्मिणीका आफ्नै पिता राम भारतीय र दुई काका सुरेन्द्र भारतीय र घनश्याम सरोज मिलेर यो अपराध गरेका हुन् । काकाहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ भने पिता अहिलेसम्म फरार छन् ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?