काठमाडौं । मोरङमा बोक्सीको आरोप लगाउँदै एक महिलालाई मलमूत्र खुवाइएको छ । मोरङको बूढीगंगा गाउँपालिका-७ मा ५५ वर्षीया महिलालाई कुटपिट गरी मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको हो ।
महिलालाई मलमूत्र खुवाइएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले धामी झाँक्रीको काम गर्ने पारो माझीलाई पक्राउ गरेको छ ।
झाँक्री माझीले उक्त महिलाले आफ्नो घरबाट दियो चोरेको र आफूले जोखाना हेर्दा उक्त महिलाले नै चोरेको भन्ने थाहा भएर बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमूत्र खुवाएकी थिइन् ।
बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको खबर आएपछि उनलाई हिजो बिहिबारपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले लोकपथलाई जानकारी दिए ।
पीडितको किटानी जाहेरी पछि अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया